22 August 2019  |   बिहिबार, भदौ ५, २०७६

खोलामा बालिकाको नग्न अवस्थामा शव फेला

    | प्रकाशित मितिः आइतवार, माघ १३, २०७५  

मोरङ । मोरङको विराटनगर महानगरपालिका ८ स्थित सिघिंया खोलामा एक बालिकाको शव भेटिएको छ । आइतबार दिउँसो स्थानीय ११ वर्षीया रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोला नजिकै रहेको बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् ।

शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका थिए । त्यसबेला घरमा सुतिरहेकी बालिका अभिभावक फर्किदा घरमा थिइनन् । छोरी साथीको घरमा गएको अनुमानले राती खोजि नगरि आफूहरु सुतेको बुबा रामप्रसाद दासले बताएका छन् । विहानपनि घर नफर्किएपछि भने आइतबार विहान बुबा रामप्रसादले छोरी खोजि दिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

त्यसको केही बेरमा प्रहरीले पानीमा डुबेको शव नग्न अवस्थामा फेला पारेको हो । शव पोष्टमार्टमका लागि पठाएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, माघ १३, २०७५     9:03:06 PM  |

प्रतिक्रया दिनुहोस्