19 August 2019  |   सोमवार, भदौ २, २०७६

ओडारमा पुरिएर २ गोठाला बेपत्ता

    | प्रकाशित मितिः आइतवार, माघ १३, २०७५  

धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ दोभानमा पुरिएर २ जना वेपत्ता भएका छन् । रातको समयमा ओडारमा बास बस्दा भासिएर हिन्दुङका दुई गोठाला ४४ वर्षिय नुर्बु तामाङ र १७ वर्षिय धना तामाङ सहित २३६ वटा भेडा बाख्रा पुरिएको स्थानिय जेबा तामाङले बताए ।

उत्तरी धादिङको अधिकाशं भागमा हिउँ परिरहेको छ । तर दोभान भन्ने ठाउँमा हिउँ नपरेको कारण भेडाबाख्रा चराउन लगिएको स्थानिय विजय तामाले बताए । तर रातको समयमा ओडारमा बास बस्दा जमिन भासिएर उनीहरु पुरिएका हुन् । ‘भेडालाई चराउनको लागि बैशाख जेठमा खर्क लैजान्छन् । असोजतिर गाउँ फर्काउने गरेको उनको भनाइ छ । शेर्तुङबाट ३ घण्टा टाढा हिन्दुङको दोभानमा पहिरोमा परी उनीहरु वेपत्ता भएका हुन् । उत्तरी धादिङको अधिकाशं भाग यस्तै पहिरोको जोखिम छ उनले बताए ।

पहिरोले भेडा गोठाला सहित भेडाबाख्रा वेपत्ता भएको खवर आएपछि जिल्लाको सदरमुकाम धादिङबेशीबाट खोजी कार्यका लागि टोलि खटिएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए । ‘ठूला ठूला ढुङ्गा र ठूलो पहिरोका कारण सम्भव नभएपछि नेपाली सेनालाई भनेका छौं ।’ छिट्टै खोजी कार्य हुने पाण्डेले बताए ।

प्रकाशित मितिः आइतवार, माघ १३, २०७५     9:04:11 PM  |

प्रतिक्रया दिनुहोस्