14 August 2019  |   बुधबार, साउन २९, २०७६

उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले दिए राजीनामा

    | प्रकाशित मितिः आइतवार, माघ १३, २०७५  

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पदबाट राजीनामा दिएका छन् । कृषि उद्यम केन्द्रमा भएको अनियमितताको विषयमा महासंघका पदाधिकारीबीच देखिएको विवादका कारण उनले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।

“हौ मैले राजीनामा दिएको हुँ,” कोषाध्यक्ष प्रधानले बाह्रखरीसँग कुरा गर्दै भने । उनीमाथि महासंघमा अख्तियार बोलाएको र संस्थाको विषयमा मिडियामा अन्तर्वार्ता दिँदै हिँडेको आरोप लागेको थियो । अध्यक्ष भवानी राणासँग विवाद भएपछि उनले राजीनामा दिएको महासंघ स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मितिः आइतवार, माघ १३, २०७५     9:13:34 PM  |

प्रतिक्रया दिनुहोस्