21 August 2019  |   बुधबार, भदौ ४, २०७६

रंगभेदी व्यवहार गरेको भन्दै पाकिस्तानका कप्तान सरफारजलाई ४ खेलका लागि निलम्बन

    | प्रकाशित मितिः आइतवार, माघ १३, २०७५  

एजेन्सी । दक्षिण अफ्रिकाविरुदको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा रंगभेदी व्यवहार गरेको भन्दै अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसी)ले पाकिस्तानका कप्तान सरफराज अहमदलाई ४ खेलका लागि निलम्बन गरेको छ ।

मंगलबार डर्बीनमा सम्पन्न खेलमा उनले दक्षिण अफ्रिकाका अलराउण्डर एन्डिल फेलुकवायोबिरुद्ध गरेको टिप्पणी रंगभेदी भएको भन्दै आईसीसीले पाकिस्तानका कप्तानलाई कप्तानलाई कारवाही गरेको हो । आईसीसीको नियममा कुनै पनि खेलाडीलाई जातिय, भाषा, धर्म र बर्णका आधारमा गालि गलौज गर्न पाइदैन । सारफराजले रंगभेदविरुद्धको नियम उल्लङ्घ गरेको आईसीसीले जनाको छ ।

निलम्बनपछि पाकिस्तानका कप्तान सरफराजले पाँच एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका बाँकी दुई खेल र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो दुई खेल गुमाउने भएका छन् । पाकिस्तानको कप्तानी सोएब मलिकले गर्नेछन् ।  सरफराजले रंगभेदविरुद्धको नियम ७.३ बुदाँलाई उल्लङघन गरेको आईसीसीले जनाएको छ । खेलपछि खेलाडीले गरेको संबाद र अनुसन्धानपछि यस घटनाबारे म्याच रेफ्री रन्जन मडुगलीले रिपोर्ट गरेका थिए ।

प्रकाशित मितिः आइतवार, माघ १३, २०७५     9:16:32 PM  |

प्रतिक्रया दिनुहोस्