20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

मोडल बन्न इच्छुक युवतीले यौन सम्पर्क गर्न अस्वीकार गर्दा फोटोग्राफरद्वारा हत्या !

    | प्रकाशित मितिः सोमवार, माघ १४, २०७५  

नयाँ दिल्ली । भारतमा मोडल बन्न इच्छुक एक युवतीले यौन सम्पर्क गर्न नमानेको आरोपमा एक फोटोग्राफरले हत्या गरेको खुलासा भएको छ ।  हिन्दुस्तान टाइम्सका अनुसार १९ वर्षीय फेशन फोटोग्राफर सइद मुजाम्मिलले मान्सी दीक्षित नामकी २० वर्षीय युवतीलाई मुम्बईको अन्धेरी क्षेत्रमा गएको अक्टोबर १५ का दिन हत्या गरेको खुलेको हो । 

घटना पुरानो भएपनि प्रहरीले अहिले मुद्धा दर्ता गर्ने क्रममा सो विषय उल्लेख गरेको समाचारमा जनाइएको छ । प्रहरीको अनुसन्धानमा खुले अनुसार भेट भएको केही दिनमा नै मान्सीलाई फोटो ग्राफरले यौन सम्पर्कको प्रस्ताव राखेका थिए । मान्सीले सो प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

युवकले प्रहरीलाई दिएको बयानमा फोटो खिच्नका लागि आफूले युवतीलाई बोलाएको र यौन प्रस्ताव राखेको जनाउँदै उनले अस्वीकार गरेपछि आफूले टाउकोमा काठको स्टूलले हिर्काएको बयान दिएका छन् । रिपोर्टमा जनाइएअनुसार फोटोग्राफरले मोडेल बन्न इच्छुक ती महिलालाई बलात्कार पछि हत्या गरेका थिए । उसले युवतीको शवलाई झोलामा हालेर एउटा ट्याक्सीमा  बिमानस्थलको बाटो  तर्फ लिएर गएका थिए । बाटोमा ट्याक्सी रोक्न लगाएर  उनले हतारमा झोला बाटोको छेऊमा राखी अटोरिक्सा लिएर हिंडेका थिए ।

झोला सडकको छेऊमा राखेर गएका कारण ट्याक्सी ड्राइभरले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले त्यहाँ पुगेर  हेर्दा झोलामा डोरीले घाँटी बाँधिएको अवस्थामा युवतीको शव भेटिएको  थियो । फोटोग्राफरलाई ओशिवारास्थित अपार्टमेन्टबाट प्रहरीले गिरफतार गरेको थियो । प्रहरीले फोटोग्राफरको सम्पर्कमा रहेका अन्य दुई जना महिलाको पनि बयान लिएको जनाइएको छ । (baahrakhari/एजेन्सी)

प्रकाशित मितिः सोमवार, माघ १४, २०७५     6:41:57 AM  |

प्रतिक्रया दिनुहोस्