25 August 2019  |   आइतवार, भदौ ८, २०७६

बलात्कारपछि पानीमा डुबाएर हत्याः११ वर्षीया बालिकाको शव खोलामा

    | प्रकाशित मितिः सोमवार, माघ १४, २०७५  

विराटनगर । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ ।

पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो ।

शव भेटिएको स्थाववरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्या गरी फालेको अवस्थामा बालिकाको निर्वस्त्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । बालिकाको अनुहार र कानबाट रगत बगिरहेको थियो । शरीरका अन्य अंगमा पनि नीलडाम छन् ।

प्रकाशित मितिः सोमवार, माघ १४, २०७५     6:54:24 AM  |

प्रतिक्रया दिनुहोस्