20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

सडक सञ्जालमा ४२ वटा स्थानीय तह जोडिन बाँकी

    | प्रकाशित मितिः सोमवार, माघ १४, २०७५  

काठमाडौँ। सरकारले दशकौँ अघिदेखि ठूलो रकम स्थानीय पूर्वाधार विकासमा खर्च गरे पनि अझै ४२ वटा स्थानीय तहको केन्द्रमासडक सञ्जाल पुग्न सकेकोछैन् । सडक सञ्जालमाकूल १३ वटा जिल्लाका ४२ वटा स्थानीय तह जोडिन बाँकी रहेका हुन् । सङ्घीय, प्रदेश र स्थानीय सरकारले सडक पूर्वाधारकै विकासमै ठूलो रकम खर्च गरिरहेका छन् । 

सडक नपुग्ने स्थानीय तहमा एउटामात्र नगरपालिका रहेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकालाई अहिले पनि सडक सञ्जालले छोएको छैन । बाँकी ४१ वटा भने गाउँपालिकारहेका छन्। भौगोलिक विकटता र पर्याप्त बजेट लगानी गर्न नसक्दासडक सञ्जालले छुन नसकेको अधिकारीहरूको भनाइ छ ।

सडक नपुगेका स्थानीय तह सबैभन्दा बढी डोल्पामा रहेका छन् । डोल्पाका आठ वटा स्थानीय तहमा सडक सञ्जाल पुग्न सकेको छैन । कालिकोट र बाजुरा जिल्लाका चार–चार र दार्चुलामा तीनवटा स्थानीय तहमा सडक पुग्न सकेको छैन । अधिकांश स्थानीय तहले वार्षिक बजेटको करिब ६० देखि ७० प्रतिशत बजेट पूर्वाधार विकासमा नै खर्च गर्दै आएका छन् र त्यसमा पनि सडक पूर्वाधारले पहिलो प्राथमिकता पाउने गरेको छ ।

ताप्लेजुङको मिख्वाखोला,संखुवासभाको भोटखोला र सिलिचोङ, भोजपुरको टेम्केमैयुङ, सोलुखुम्बुको खुम्बु पासाङलामु, खोटाङको बराह पोखरी, जन्तेढुङ्गा, काभ्रेको महाभारत, धादिङको रुबी भ्याली, मकवानपुरको राक्सिराङ, गोरखाको चुनरुब्री, मनाङको नार्पा भूमि, जाजरकोटको बारेकोट गाउँपालिकामा सडक सञ्जाल पुग्न सकेको छैन । त्यस्तै, डोल्पाको छार्का ताङसोङ, डोल्पोबुद्ध, जगदुल्ला, काइके, मुनकेचुला, सेफोक्सुन्डो, ठूलीभेरी गाउँपािलका र त्रिपुरासुन्दरी नगरपालिकामा सडक पुगेको छैन ।

यसैगरी, कालीकोटको शुभकालीका, नरहीनाथ,पचाल झर्ना र सान्नीभेरी, मुगुको मुगुकार्मारो, हुम्लाको अदानचुली र चङ्खेली, खार्पुनाथ, नाम्खा, सर्केगाडा, सिमकोट, ताजाकोट, बाजुराको गौमुल, हिमाली, जगन्नाथ, स्वामीकार्तिकखापर, बझाङको शैपाल, बैतडीको सिगाम, दार्चुलाको अपिहिमाल, व्यास, लेकम गाउँपालिकामा सडक पुग्न नसकेको छैन । -gorkhapatra

प्रकाशित मितिः सोमवार, माघ १४, २०७५     7:07:38 AM  |

प्रतिक्रया दिनुहोस्