23 September 2019  |   सोमवार, अशोज ६, २०७६

चीनले बनाएको कोटेश्वर–कलंकी सडकखण्ड सरकारलाई हस्तान्तरण गरियो

    | प्रकाशित मितिः सोमवार, माघ १४, २०७५  

काठमाडौं। विस्तार भएको चक्रपथको कोटेश्वर–कलंकी खण्ड चीनले आज नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा सडक खण्ड हस्तान्तरण गरिएको हो । ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको एउटा खण्ड हस्तान्तरण गरिएको हो । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो ।

चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिएको हो ।आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ ।

सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ २०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । तर, भूकम्प र नाकाबन्दी कारण सडक निर्माण ढिला भएको हो ।

प्रकाशित मितिः सोमवार, माघ १४, २०७५     3:40:58 PM  |

प्रतिक्रया दिनुहोस्