22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

निर्मला पन्तको स्वाबसँग आमा दुर्गादेवीको डिएनए म्याच

    | प्रकाशित मितिः सोमवार, माघ १४, २०७५  

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको भजानइल स्वाब र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ । ‘

भजानइल स्वाब’ प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो ।

दुर्गादेवीले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको छ ।

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । तर, मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ ।

अब आमाको रगतबाट निकालिएको डीएनए र स्वाबबाट निकालिएको डीएनए म्याच भएसँगै अब यसमा प्रश्न उठाउनु कुनै औचित्य नभएको प्रहरीले दाबी गरेको छ ।

प्रकाशित मितिः सोमवार, माघ १४, २०७५     3:43:59 PM  |

प्रतिक्रया दिनुहोस्