19 February 2019  |   मङ्लबार, फाल्गुन ७, २०७५

काङ्ग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट बहुमतले पास

    | प्रकाशित मितिः सोमवार, माघ १४, २०७५  

काठमाडौँ । राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सोमबारको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका बीच उक्त विधेयकसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो । सोमबारको दोस्रो बैठक शुरु हुनेवित्तिकै नेपाली काङ्ग्रेसका सांसद आ–आफ्ना स्थानबाट उठेर बैठकलाई अवरोध गरेका थिए ।

काङ्ग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीले संसदीय मर्यादा विपरीत सरकारले चिकित्सा विधेयक अघि बढाएकाले बाध्यतावश विरोध जनाउनु परेको उल्लेख गरे । उनले सोही विषयलाई लिएर अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य सरोकारका विषयमा सरकारले चासो नदिएको भन्दै तत्काल वार्ताटोली गठन गरी वार्ता प्रक्रिया शुरु गर्न आग्रह गरे ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ १७ गते बिहीबार दिउँसो २ बजे पुनः बस्नेछ ।

 

 

प्रकाशित मितिः सोमवार, माघ १४, २०७५     3:50:21 PM  |

प्रतिक्रया दिनुहोस्