26 August 2019  |   सोमवार, भदौ ९, २०७६

चिर्पट प्रहार गरि कञ्चनपुरमा एक युवकको हत्या

    | प्रकाशित मितिः सोमवार, माघ १४, २०७५  

कञ्चनपुर । चिर्पट प्रहार गरि कञ्चनपुरमा एक युवकको हत्या भएको छ  । महाकाली नगरपालिका–२ दोधारा चाँदनीका २२ बर्षिय हरजित धामीको चिर्पट प्रहार गरि हत्या भएको हो । 

गाउँले कालुसिह बोहराको विवाहको अघिल्लो दिन आइतबार राती उनकाे घरमा नाचिरहेका बेला महेश बोहराले धामीलाई चिर्पट प्रहार गरि हत्या गरेको स्थानीयले बताएका छन् ।

नाचिरहेका बेला धामी र बोहरा विच विवाद भएको थियो । त्यही क्रममा बोहराले चिर्पटले धामीको टाउकोमा प्रहार गरेका थिए । उपचारका लागि सीमावर्ती भारतको तपन अस्पताल लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको हो ।

मृतक धामीका बाबु डम्बर सिहले छोरालाई पछाडीबाट चिर्पट पहार गरि हत्या गरिएको बताए । ‘उपचारका लागि रातीनै भारतको तपन अस्पतालमा लगेका थियौँ,’ उनले भने, ‘अस्पताल नपुग्दै मृत्यु भयो ।’

 

प्रकाशित मितिः सोमवार, माघ १४, २०७५     3:52:52 PM  |

प्रतिक्रया दिनुहोस्