12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

बादर लखेट्न बजेट विनियोजन

    | प्रकाशित मितिः सोमवार, माघ १४, २०७५  

मेलम्ची । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले बादर नियन्त्रणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको जानकारी दिएको छ ।

बाँदरले किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमै आएर अन्न समेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको हो ।

सिन्धुपाल्चोक जिल्लामै बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट विनियोजित गरिएको गाउँपालिकाको भनाई छ ।

वन्यजन्तुलाई कानून विपरीत मार्ने भन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगिने र बाँदरलाई जङ्गलमा नै कसरी राख्न सकिन्छ भन्ने बारे अध्ययन गर्ने निर्णय गर्दै पालिकाले बजेट विनियोजन गरेको हो ।

वडा नं– ३ धुस्कुनबाट शुरु गरिएको बाँदर नियन्त्रण कार्यक्रम अन्य वडामा पनि छिट्टै सञ्चालन गर्ने निर्णय गरिएको छ । विशेष गरी धुस्कुनमा बाँदरले सबैभन्दा क्षति गरेकाले सो वडाबाट कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सुकुदेव रिसालले बताए ।

प्रकाशित मितिः सोमवार, माघ १४, २०७५     4:08:10 PM  |

प्रतिक्रया दिनुहोस्