23 September 2019  |   सोमवार, अशोज ६, २०७६

पारस शाह ललितपुर पुग्दा मेयरसहित स्थानीयले गरे भव्य स्वागत (तस्वीरमा हेर्नुहोस )

    | प्रकाशित मितिः सोमवार, माघ १४, २०७५  

काठमाडौ । पुर्व युवराज पारस शाहलार्इ ललितपुरमा भव्य रूपमा स्वागत सत्कार गरिएकाे छ । ललितपुर दरवार क्षेत्रमा रहेकाे शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाबिहार गाेलल्डेन टेम्पलमा पुजा अर्चना गर्न पुर्व युवराज शाह ललितपुर पुगेका थिए ।

शाह ललितपुर पुग्दा राजा आउ देश बचाउ ,हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै स्थानीयले चर्को नारावाजी गरेका थिए ।

पुर्व युवराज शाह ललितपुर पुग्दा पंचकन्याले भव्य रूपमा स्वागत गरिएकाे थियाे । शाहले दरवार क्षेत्रमा रहेकाे शिव पार्वती  मन्दिरमा करिब १५ मिनेट पुजा गरे । त्यसपछि हिरण्यवर्ण महाबिहार गाेल्डेन टेम्पलमा पुजा गरेका थिए । त्यहा उनलाई ललितपुरका मेयर चिरिबाबु महर्जनबाट फुलकाे गुच्छा सहित स्वागत गरिएको थियो ।

युवराज शाह हिरण्यवर्ण महाबिहार गाेल्डेन टेम्पलमा  पुग्दा हिरण्यवर्ण महाबिहारका पदाधिकारीहरूबाट स्वागत गरिएकाे थियाे भने हिरण्यवर्ण महाबिहार गाेल्डेन टेम्पलमा रहेकाे मूल देवता शाक्यमुनी र कूलदेवताकाे पुजाकाे पुजा पछि बिहारमा रहेकाे गुम्बामा पुजा गरेका थिए ।

प्रकाशित मितिः सोमवार, माघ १४, २०७५     4:53:57 PM  |

प्रतिक्रया दिनुहोस्