31 May 2020  |   सोमवार, जेष्ठ १९, २०७७

राज्यकोषको २४ अर्ब डुब्दै, पेस्की लिएका ठेकेदार बेपत्ता

    | प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५  

काठमाडौं । विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरुले पेस्कीस्वरुप राज्यकोषबाट लिएको २४ अर्ब रुपैंयाँ डुब्ने अवस्थामा पुगेको छ ।ठेक्का सम्झौता गर्दा पेस्कीरुवरुप ठेकेदारले २४ अर्ब रुपैंयाँ लिएका छन् । तर सो रकम लिएर ठेकेदार बेपत्ता छन्

उनीहरुले सम्झौबमोजिम कुनै काम नगरे पनि सरकारी निकायलाई गुमराहमा राख्दै २४ अर्ब रुपैंयाँ आफ्नै खल्तीमा राख्न सफल भएका छन् ।२४ अर्ब रुपैंयाँ डुब्ने अवस्थामा पुग्दा पनि विकास आयोजना संचालन गर्ने तालुक निकाय भने कानमा तेल हालेर बसिरहेको छ ।ठेकेदारबाट राखिएको धरौटीस्वरुपको ६ अर्ब रुपैंयाँ जफत गर्न पनि सरकार असफल देखिएको छ ।

ठेक्का सम्झौता रकमको कम्तीमा ५ प्रतिशतले हुन आउने कार्यसम्पादन जमानतबापतको ६ अर्ब धरौटी रकम असुल गर्न सरकार असफल देखिएको हो । सरकारले ठेका पूरा नगर्ने ठेकेदारबाट धरौटी रकम जफत गर्न सक्ने कानुनी प्रावधान छ । -राजधानी दैनिक

प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५     6:34:01 AM  |

प्रतिक्रया दिनुहोस्