26 August 2019  |   सोमवार, भदौ ९, २०७६

एक महिनामा ११५ चोर समातिए, कवाडी संकलन गर्ने नाममा घरको रेकी

    | प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५  

काठमाडौँ । प्रहरीले एक महिनाभित्र काठमाडौँ उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेसनमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये युवतीको संख्या एक दर्जनभन्दा बढी रहेको प्रहरीले जनाएको छ । उनीहरु पनि विगत केही वर्षदेखि चोरी धन्दामा सक्रिय थिए ।

प्रहरीका अनुसार चोरीमा केही भारतीय नागरिक पनि संलग्न छन् । कवाडी संकलन गर्दै घरघर छिर्ने, यही मौकामा घरको रेकी गर्ने, कोही नभएको मौकाा छोपी चोरी गर्ने कार्यमा भारतीय मूलका व्यक्ति संलग्न रहेको प्रहरीले जनाएको छ । -नयाँ पत्रिका 

प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५     6:44:39 AM  |

प्रतिक्रया दिनुहोस्