12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

मेलम्चीका ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइयो ?

    | प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५  

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन्।

संघीय संसद्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन्। समितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको परिस्थितिका सम्बन्धमा बैठक डाकिएको थियो।

बैठकमा ठेकेदार भाग्नुको कारण, ६० दिनभित्र पानी आउने सचिवले बोलेको भनाइ आधारदेखि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो।सांसद गणेश पहाडीले ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइएको हो भन्दै प्रश्न गर्नुभयो। ‘ठेकेदार भाग्नुपर्ने परिस्थिति कसरी आयो रु यसको स्पष्ट कारण अझै आएको छैन’ –उहाँले भन्नुभयो।

त्यस्तै यसअघिको बैठकमा ६० दिनमा पानी ल्याउने भन्ने के आधारमा बोल्नुभएको होरु हचुवाको भरमा नबोल्न खानेपानी सचिवलाई आग्रह गर्नुभयो। उहाँले आयोजना सञ्चालन गर्नुअघि पूर्वतयारी गर्ने प्रचलन नभएकै कारण मेलम्चीको यस्तो हविगत भएको जिकिर गर्नुभयो। अबको काम लागत नबढ्ने गरी समयमै काम सम्पन्न गर्न तत्काल काम अघि बढाउन उहाँले आग्रह गर्नुभयो।

बैठकमा बोल्दै अर्का सांसद केदार सिग्देलले ठेकेदार कम्पनी भाग्नुमा कसैको हात रहेको आशंका रहेको भन्दै राष्ट्रलाई घाटामा पु¥याएर ठगिरहेका स्वदेशी, विदेशी जो भए पनि कारबाहीको भागिदार हुनुपर्ने धारणा राख्नुभयो। त्यस्तै फास्ट ट्र्याकमा काम सम्पन्न गर्ने भए स्वदेशी प्रतिष्ठित ठेकेदारलाई बाँकी काम सम्पन्न गर्न दिनुपर्ने भन्दै उहाँले विचार राख्नुभयो।

बहादुर सिंह लामाले त्यत्रा विदेशी आएर काम गर्न नसक्नुको कारण खोज्नुपर्ने उल्लेख गर्नुभयो। यहाँ केही न केही नभएको भए यसरी विदेशी काम गर्न नसकेर भाग्छ रु भन्दै उहाँले भन्नुभयो– ‘यसको जिम्मेवारी आयोजना र खानेपानी मन्त्रालयले लिनुपर्छ।’

खानेपानी सचिव गजेन्द्र ठाकुरले देशलाई घाटा पु¥याउनेखाले कुनै काम कर्मचारीबाट नभएको भन्दै ठेकेदार आफ्नै आर्थिक संकटमा परेका कारण काम छोडेको स्पष्ट पार्नुभयो। यी बाँकी रहेको काम सम्पन्न गर्न विशेष परिस्थितिमा जाँदा ३ देखि ४ महिना लाग्ने र नियमित प्रक्रियाबाट जाँदा २ देखि ३ वर्ष लाग्न सक्ने बताउनुभयो। -nepal samacharpatra

प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५     6:56:34 AM  |

प्रतिक्रया दिनुहोस्