24 August 2019  |   शनिबार, भदौ ७, २०७६

पूर्वयुवराज पारस शाहलाई केहीदिन अझै अस्पतालमा राखिने

    | प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५  

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई तेस्रोपटक हृदयघात भएको छ । छातीमा असह्य पीडा भएपछि उनलाई सोमबार दिउँसो ४ बजे नर्भिक अस्पताल ल्याइएको थियो । अस्प्तालका अनुसार उनलाई यो तेस्रो हृदयघात हो ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन डीजीएम आरपी मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छातीमा असह्य पीडाको महसुस भएपश्चात् पूर्व युवराज पारस विक्रम शाहलाई आज अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । थोरै समय नर्भिकको अन्तर्राष्टिय आकस्मिक कक्षमा राखी जाँचपश्चात् उहाँलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उहाँको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो ।

उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उहाँलाई सीसीयुमा सारिएको छ ।” उनको उपचारमा उपचारमा प्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको छ ।

शाहलाई तेस्रो पटक ह्रदयघात भएपछि मुटुमा स्टेन्ट प्रत्यारोपण गरिएको छ ।छाती दुखेपछि उनलाई सोमबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो ।  यसअघि बैंककमा ह्रदयघातपछि मुटुको स्टेन्ट हालिएको ठाउँमै यसपटक समस्या देखिएको हो ।

शाहलाई मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्ट र डाक्टर जेपी जैसवालको निगरानीमा स्वास्थ्य उपचार गरिरहेको छ । अस्पताल स्रोतका अनुसार उनको स्थिती स्थिर रहेपनि खतरामुक्त छैन् ।

उनको मुटुमा २०७२ साल साउन १० गते नर्भिकमै मुटुको चाल नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेवल कार्डियोभर्टर डेफिब्रिलेटर(आईसिडी) समेत छातीमा प्रत्यारोपण गरिएको थियो । पारस शाहलाई केहीदिन अझै अस्पतालमा राखिने भएको छ ।

प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५     7:02:48 AM  |

प्रतिक्रया दिनुहोस्