सरकारले गिरिजा र सुशील कोइरालाको नामको अस्पताललाई केन्द्र सरकारकै मातहत राख्ने

काठमाडौं । सरकारले कांग्रेसका दिवंगत दुई नेताहरुका नाममा रहेका अस्पताल संघीय सरकार मातहत नै राख्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेसका दिवंगत नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगंजलाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको स्रोतले जानकारी दिएको हो ।

यसअघि सरकारले नै यि दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो । कांग्रेसले सरकारको सो निर्णयको विरुद्धमा सदन देखि सडकसम्म आन्दोलन गर्दै आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबीच सो विषयमा आइतबार राती प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्ताका क्रममा छलफल भएको थियो ।

प्रतिक्रया दिनुहोस्