23 September 2019  |   सोमवार, अशोज ६, २०७६

राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रबादीबीच १८ माघमा एकीकरण हुने

    | प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५  

काठमाडाैं । राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रबादीबीच एकीकरण हुने भएको छ । १८ माघ दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकीकरण सभा आयोजना तय भएको हो ।

राप्रपा राष्ट्रबादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीका अनुसार महाधिवेशनसम्म पशुपतिशमशेर राणा र उनी दुबै अध्यक्ष हुने तय भएको छ । राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य उज्ज्वल बिक्रम थापाका अनुसार एकताका लागि लामो समयदेखि वार्ता हुँदै आएको थियो । एकीकरण सभामा राप्रपा अध्यक्ष कमल थापालाई पनि एकताका लागि तयार रहन आह्वान गरिनेछ ।

राप्रपा प्रजातान्त्रिकका अर्का केन्द्रीय सदस्य शोभित उप्रेतीले अब सबै प्रजातान्त्रिक र राष्ट्रबादीबिच सहकार्यका लागि प्रयास भइरहेको बताए ।
प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५     8:55:51 PM  |

प्रतिक्रया दिनुहोस्