14 October 2019  |   सोमवार, अशोज २७, २०७६

आमाको हत्या गर्ने १८ वर्षपछि पक्राउ

    | प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५  

सल्यान ।आमाको हत्या गरी फरार भएका एकेन्द्र बहादुर खड्का १८ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको वनगाडकुपिण्डे नगरपालिका, ९ स्वाराका ३६ वर्षीय खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

आमा सुइती कुमारीलाई खुकुरी प्रहार गरी हत्या गरेका खड्कालाई सल्यान जिल्ला अदालतले सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो । उनले एक वर्ष ७ महिना २५ दिनको कैद भुक्तान गर्दै गरेकाे अवस्थामा उनी कारागारबाट भागेका थिए ।

‘कारागारबाट फलामको ड्रम प्रयोग गरी पर्खाल नाघेर भागेको देखिएको छ,’ जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र बहादुर शाहीले भने, ‘भारतमा नै बिहे गरेर बसेका उनी नेपाल आउने जाने गरेको थाहा पाएर पक्राउ गरेकाे हाे ।’

डेढ वर्ष बढी कैद भुक्तान गरिसकेका खड्कालाई कारागारबाट भागेको आरोपमा थप २ वर्ष सजाय हुने भएको छ । खड्काले भुक्तान गर्न बाँकी कैद १८ वर्ष ४ महिना ५ दिन छ । अब, उक्त सजायमा २ वर्ष जोडेर २० वर्ष ४ महिना ५ दिन कैद सजाय हुनेछ । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय सल्यान पठाइएको डिएसपी शाहीले बताए ।

प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५     8:58:15 PM  |

प्रतिक्रया दिनुहोस्