14 October 2019  |   सोमवार, अशोज २७, २०७६

१५ वर्षीया किशोरीको शव फेला

    | प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५  

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा आज एक किशोरीको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारी रहेको जनाएको छ ।

उनको कसैले हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

शवपरीक्षण गरी आफन्तलाई बुझाइएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

 

प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५     9:00:29 PM  |

प्रतिक्रया दिनुहोस्