21 August 2019  |   बुधबार, भदौ ४, २०७६

सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप हुने

    | प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५  

काठमाडौं।सरकारले संक्रमणकालीन न्यायलाई टुंगो लगाउन बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप्ने भएको छ।

आयोगका म्याद थप गर्नेसम्बन्धी संशोधन विधेयक राष्ट्रियसभामा पेस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा कानुन हेर्ने सचिव रमेश ढकालले जनाकारी दिए।

ढकालले विधेयकमा आयोगका पदाधिकारीहरूलाई समेत हटाउन सक्ने प्रावधान रहेको बताए। ‘राष्ट्रियसभामा दर्ता भएका विधेयकमा आयोग र आयोगका पदाधिकारीलाई एकापसबाट अलग गरिएको छ,’ नेपाल लाइभसँग उनले भने, ‘आयोगमा रहेका अध्यक्ष र सदस्यको पद कुनै कारणबाट रिक्त भए पनि आयोगको समयावधि स्वतः समाप्त नहुने व्यवस्था छ।’

दुवै आयोगको म्याद आउँदो माघ २६ गते सकिँदैछ।

सरकारले दुवै आयोगका अध्यक्ष र सदस्यहरूलाई चाहेमा निरन्तरता दिन सक्ने वा नयाँ नियुक्ति गर्न सक्ने प्रावधान विधेयकमा रहेको ढकालले जानकारी दिए।उनका अनुसार विधेयकले वर्तमान पदाधिकारीको म्याद २०७५ साल चैत मसान्तसम्म कायम रहने व्यवस्था गरेको छ।

प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५     9:35:26 PM  |

प्रतिक्रया दिनुहोस्