14 October 2019  |   सोमवार, अशोज २७, २०७६

झण्डै तीन लाख सवारी चालक मापसे कारवाहीमा

    | प्रकाशित मितिः बुधबार, माघ १६, २०७५  

काठमाडौं। सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सुरु गरेको मादक पदार्थ सेवन (मापसे) चेकजाँच अभियान अन्तर्गत झण्डै ३ लाख सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको अन्वेषण तथा योजना शाखाका अनुसार १७ मंसिर २०६८ बाट सुरु गरिएको सो अभियानमा पुस मसान्तसम्म २ लाख ८९ हजार ५४८ जना सवारी चालक कारवाहीमा परेका छन् । तीमध्ये एक हजार ६१५ महिला र २ लाख ८७ हजार ९३२ पुरुष छन् ।

ट्राफिक प्रहरीका प्रवक्ता जयराज सापकोटाका अनुसार दैनिक सरदर ८० देखि ८५ चालक मापसे कारवाहीमा पर्दै आएका छन् । –राजधानी दैनिक

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     6:52:39 AM  |

प्रतिक्रया दिनुहोस्