20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

जिल्ला अस्पतालमा बिरामीलाई एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई स्कार्पियो ?

    | प्रकाशित मितिः बुधबार, माघ १६, २०७५  

रुकुम । मुसीकोट नगरपालिका मातहतको जिल्ला अस्पतालमा लामो समयदेखि एम्बुलेन्स छैन। तीन वर्षअघि बिग्रिएको अस्पतालको एम्बुलेन्स बन्ने अवस्था छैन। 

निजी स्तरबाट चलाइएका एम्बुलेन्सको सेवा पनि सर्वसाधारणका लागि पयौप्त छैन। तर स्थानीय तहले भने एम्बुलेन्सलाई भन्दा स्कार्पियोलाई प्राथमिकतादिएका छन्। मुसीकोट नगर कार्यपालिकाको बैठकले गत साउनमा गाडी, मोटरसाइकल र एम्बुलेन्स खरिद गर्ने निर्णय गर्यो। नगरपालिकाले गाडी र मोटरसाइकल ल्याइसकेको छ भने एम्बुलेन्स खरिदको प्रक्रिया भर्खर अघि बढेको छ।

गाडी र मोटरसाइकल खरिद गरेको झण्डै एक महिनापछि मात्रै मुसीकोट नगरपालिकाले गत पुस १५ गते एम्बुलेन्स खरिदको प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले गत पुस १५ गते एम्बुलेन्स खरिदका लागि भन्सार छुटको सिफारिस माग्यो। प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा भन्सार छुटको निर्णय र चिठी लेखेकै दिन एम्बुलेन्स खरिदको निर्णय मात्र भएन भन्सार छुटको सिफारिससमेत गरियो। एम्बुलेन्स खरिद  प्रक्रिया त अघि बढेको छ तर कहिले आइपुग्छ भन्ने थाहा छैन। -कान्तिपुर दैनिक

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     6:55:34 AM  |

प्रतिक्रया दिनुहोस्