12 November 2019  |   मङ्लबार, कार्तिक २६, २०७६

धुर्मुस -सुन्तली फाउन्डेसनले भरतपुरमा अहिलेसम्मकै सुविधा सम्पन्न अन्तराष्ट्र्रिय क्रिकेट रंगशाला बनाउदै

    | प्रकाशित मितिः बुधबार, माघ १६, २०७५  

काठमाडौ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तराष्ट्र्रिय क्रिकेट रंगशाला अहिलेसम्मकै सुविधा सम्पन्न हुने भएको छ ।

घोषणा कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उक्त रंगशालामा पहिलो पहिलो गेम भारत र पाकिस्तानलाई खेलाउने दावी गरिन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउने क्रिकेट रंगशाला अन्तराष्र्टि«य मापदण्ड अनुरुपको हुने भएको छ । जुन रंगशालामा विश्वका जुनसुकै देसका खेलाडीले पनि क्रिकेट खेल्न सक्नेछन् । साथै दर्शकले पनि सुविधा सम्पन्न सिटमा बसेर क्रिकेट हेर्न पाउने भएका छन् ।

फाउण्डेशनले दिएको जानकारी अनुसार रंगशालामा मौसम अनुसार तातो चिसो वातावरणको व्यवस्था हुने छ । जाडो याममा दर्शकहरुले रंगशालाभित्र न्यानो महसुस् गर्ने छन् भने गर्मी याममा चिसो महसुस् गर्ने भएका छन् । तीन खर्ब बजेट रहेको उक्त रंगशाला अढाईवर्षमा सम्पन्न गर्ने लक्ष्य फाउण्डेशनले लिएको छ ।

 

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     7:01:16 PM  |

प्रतिक्रया दिनुहोस्