10 December 2019  |   मङ्लबार, मंसिर २४, २०७६

क्रान्तिकारी माओवादीका कार्यकर्ताले दले मालपोतका कर्मचारीलाई कालोमोसो

    | प्रकाशित मितिः बुधबार, माघ १६, २०७५  

सुर्खेत  । जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर घर्तीलाई मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ताले कालोमोसो दलेका छन् । सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा कार्यकक्षमै पुगेका क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् । 

क्रान्तिकारी युवा लिग र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्तरूपमा कालोमोसो दलेको युवा लिगका हिमाल शाहीले पुष्टि गरे । मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको काम गरिरहेका बखत कर्मचारीमाथि दुर्व्यवहार गरिनु कानूनी शासनको उपहास भएको प्रतिक्रिया दिइन् ।

यसअघि वाइडबडी खरिद प्रकणमा मुछिएका नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई पनि उनकै कार्यकक्षमा क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका थिए ।

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     10:47:26 PM  |

प्रतिक्रया दिनुहोस्