14 October 2019  |   सोमवार, अशोज २७, २०७६

मोदीले भाषण गर्दा गर्दै टेलिभिजन पत्रकार मञ्चमा ढलेपछि……

    | प्रकाशित मितिः बुधबार, माघ १६, २०७५  

नयाँदिल्ली  ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाषण दिइरहँदा एउटा टेलिभिजनका क्यामेराम्यान (पत्रकार) बेहोस भएर लडेका छन् ।भाषण चलिरहेकै बेला अचनाक ती क्यामेराम्यान बेहोस भएर लडेपछि मोदी केही समय रोकिए । 

मोदी अहिले आफ्नो गृहप्रदेश गुजरातको भ्रमणमा छन् । उनले बुधबार गुजरातको सुरतमा नयाँ टर्मिनल भवनको उद्घाटन गरेका छन् । टर्मिनल भवन उद्घाटनका क्रममा मोदीले भाषण दिदा एउटा टेलिभिजनका क्यामेराम्यान (पत्रकार) बेहोस भएर लडे ।

क्यामेराम्यान किसन रामोलिया लडेपछि मोदीले तुरुन्त आफ्नो भाषण रोके भने अधिकारीले उनलाई एम्बुलेन्समा हालेर अस्पताल पुर्‍याए। अस्पताल लगेपछि होसमा आएका उनले पानी पिउन नपाएर बेहोस हुन पुगेको बताएका छन् ।

उनले आफू मोदीले देख्ने गरी मञ्चमा उभिएर भाषण खिचिरहेको अवस्थामा लडेको बताए । मोदीले नै किसनलाई अस्पताल लैजान निर्देशन दिएका थिए ।

मोदीले गुजरात यात्राका क्रममा बुधबार भारतमा ३० वर्षसम्म शासन गरेको कांग्रेसकै कारण विकास हुन नसकेको जिकिर गरे ।

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     10:51:46 PM  |

प्रतिक्रया दिनुहोस्