20 August 2019  |   मङ्लबार, भदौ ३, २०७६

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निर्देशनमा दुई न्यायाधीश निलम्बित

    | प्रकाशित मितिः बुधबार, माघ १६, २०७५  

काठमाडौं। आचरण विपरित कार्यसम्पादन गरेको र पदीय कर्तब्यबाट च्यूत भएको आरोपमा ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय  र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय निलम्बनमा परेका छन्  । न्यायपरिषदले छानबिन समिति गठन गरेलगत्तै उनीहरु निलम्बनमा परेका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निर्देशनमा यी दुबै न्यायाधीशलाई परिषद्मा तानिएको थियो । प्रधानन्यायाधीश राणाले शपथ गरेको भोलिपल्ट परिषद्को निगरानी संयन्त्रले पहिलो अनुगमन ललितपुर जिल्ला अदालतमा गरेको थियो ।

अनुगमनका क्रममा भीएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले गडबडी गरेको पाइएको थियो । राणाकै सक्रियतामा जिल्ला न्यायाधीश  आत्रेयमाथि शुक्ष्म ढंगले अनुसन्धान भइरहेको थियो  ।

न्यायालयका बेथिति केलाउने क्रममा संयन्त्रको टोली तराइका विभिन्न अदालत पुगेको थियो ।  विराटनगर उच्च अदालतमा विकराल अवस्था देखिएपछि तत्काल पाँच न्यायाधीश नागेन्द्र लाभ कर्ण, उमेशकुमार सिंह, उमेशराज पौडेल, थिरबहादुर कार्की र सारंगा सुवेदीलाई पनि परिषदमा तानिएको छ । मुख्यतः उनीहरु ३८ क्विन्टल सुन प्रकरणमा उनीहरु तानिएका हुन् ।

 

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     11:02:02 PM  |

प्रतिक्रया दिनुहोस्