23 September 2019  |   सोमवार, अशोज ६, २०७६

सुन तामा बनेको काण्डमा एसपी जिम्मेवारीमुक्त

    | प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५  

काठमाडाैं ।तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ ।

अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन व्यक्तिलाई पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । पछि राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा उक्त धातु ढलोट र तामा भएको खुलेको थियो ।

यसबारे नयाँ पत्रिकामा समाचार आएपछि प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो । धातु साटफेर नभई एसपीले सामान्य अनुसन्धान नै नगरी सुन भनेर सार्वजनिक गर्दा समस्या भएको प्रारम्भिक छानबिनको निष्कर्ष छ ।

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     7:12:51 AM  |

प्रतिक्रया दिनुहोस्