14 August 2019  |   बुधबार, साउन २९, २०७६

पाँच लाख घुससहित काठमाडौं जिल्ला अदालतका नासु पक्राउ

    | प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५  

काठमाडौं । पाँच लाख रुपैयाँ घुससहित काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दा सहज गराइदिने बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

उनलाई सेवाग्राहीसँग पाँच लाख घुसबापतको रकम लिइसकेको अवस्थामा वन परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

 

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     4:38:13 PM  |

प्रतिक्रया दिनुहोस्