26 August 2019  |   सोमवार, भदौ ९, २०७६

मुख्यमन्त्रीको गाडीमा ‘माफिया सरकार मुर्दावाद लेखेर नेविसंघका कार्यकर्ता भागे

    | प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५  

सुर्खेत । सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले कर्णालीका मुख्यमन्त्री चढ्ने गाडीमा ‘माफिया सरकार मुर्दावाद’ लेखेर विरोध जनाएको छ । नेविसंघका कार्यकर्ताले बिहीबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चढ्ने गाडीमा सरकारविरुद्ध नारा लेखेर विरोध जनाएका हुन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकायको कार्यालय उद्घाटन गर्न पुगेका शाही चढेको गाडी पार्किङमा राखेको अवस्थामा नेविसंघका कार्यकर्ताले नारा लेखेर भागेका हुन् ।

सरकारले संसदबाट जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गराएको विरोधमा नेविसंघले सरकारी गाडीमा सरकारविरुद्ध नारा लेख्ने कार्यक्रमअनुसार बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्रीको गाडीमा नारा लेखेकाे नेविसंघका सहमहामन्त्री ईश्वर बिष्टले जानकारी दिए ।  उनले सरकारी सम्पत्ती क्षति नगरेर पनि आन्दोलन गर्न सकिन्छ भन्ने सन्देश दिन पनि यो शैली अपनाइएको बताए ।

चिकित्सा शिक्षा विधेयकको विरोधमा डा. गोविन्द केसी २२ दिनदेखि अनशनमा रहँदा पनि सरकार मौन रहेको, सरकार अधिनायकवाद र भ्रष्टाचारतर्फ उन्मुख भएको लगायत आरोप लगाउँदै नेविसंघले देशव्यापी विरोधका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     9:32:45 PM  |

प्रतिक्रया दिनुहोस्