23 September 2019  |   सोमवार, अशोज ६, २०७६

मेची–महाकाली रेल दौडाएरै छाड्छु : प्रधानमन्त्री ओली

    | प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५  

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
। झापाको भद्रपुर स्थित मेची नदीमा निर्माण सम्पन्न भएको मेची पुललाइ विहीबार साँझ उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

रेल हेर्नका लागि भारत जानु पर्ने वाध्यता हटाइने प्रधानमन्त्री ओलीले बताए । रेल र पानीजहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताए ।सरकारले नेपाल र भारतसँगको नजिकको बन्दरगाहबाट पानीजहाज सन्चालन गर्न लागेको बताउँदै उनले कोसी नदीमा पनि पानीजहाज सन्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए ।

मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको उनले उल्लेख गरे । पुल सन्चालसँगै भद्रपुर विकासको गतिमा एक कदम अघि बढेको उनले बताए ।

‘अब मेचीपुल सन्चालन भएपछि यहाँको व्यापार–व्यवसाय बढ्नेछ’–उनले भने–‘समृद्धिको मार्गमा भद्रपुर अघि बढ्नेछ ।’तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वि.सं. २०६८ माघ २१ गते मेचीपुलको शिलान्यास गरेका थिए ।

कुल रू ३३ करोडको लागतमा निर्माण भएको पुलको लम्बाइ ५६० मिटर र चौडाइ ११ मिटर रहेको छ । शिलान्यास गरेको १९ वर्षसम्म पुल नबनेपछि २०४१ साल जेठ १५ गते तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले दोस्रो पटक शिलान्यास गरे । दोस्रो पटक शिलान्यास गरेको २५ वर्षपछि विं.स.२०६६ माघ २१ गते तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले ३ वर्षमा पुल निर्माण सम्पन्न हुने गरी शिलान्यास गरे पनि विविध कारणले आठ वर्षमा निर्माण सम्पन्न भएको थियो ।

कनक सूर्य एण्ड सन्स कम्पनीले ३७ करोड ३६ लाख ५० हजार ठेक्का लिएको थियो । ६ सय ६० मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको उक्त पुलको भारबहन क्षमता ७० टन रहेको प्राविधिकले जनाएका छन् ।

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     9:37:46 PM  |

प्रतिक्रया दिनुहोस्