20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

वसन्तपुरकी कुमारीलाई राज्यका तर्फबाट चढाइएको सुनको बेरुवा औँठी नक्कली

    | प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५  

काठमाडौं।वसन्तपुरकी कुमारीलाई राज्यका तर्फबाट चढाइएको सुनको बेरुवा औँठी कमसल रहेको पाइएको छ। काठमाडौँको इन्द्रजात्रामा कुमारीलाई राज्यका तर्फबाट एकतोला सुनको बेरुवा औँठी चढाउने प्रचलन छ। 

हनुमानढोका दरवारस्थित तलेजुका मूल पुजारी उद्धव कर्माचार्यका अनुसार, गहना जाँचकीद्वारा परीक्षण गर्दा १९ वटा सुनको बेरुवा औँठी कमसल पाइएका छन्। यी औँठीमा ५० प्रतिशत सुनको मात्रा नै छैन।  गुठी संस्थान स्थापना भएयता संस्थानले यो औंठी उपलब्ध गराउने गरेको छ। गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीका अनुसार, कमसल पाइएका औँठी राणाकालमा नै कुमारीलाई चढाइएको हो। चढाइएको औँठीको लगत अभिलेख नै कमसल रहेको पाइएको उनको छ।

राणाकालमा गुठी जाँच, गुठी बन्दोवस्त, गुठी गोश्वारा र गुठी पहाड बन्दोवस्त अड्डा थिए। पछि तिनै अड्डालाई मिलाएर गुठी संस्थान खडा भएको हो। गुठी संस्थान स्थापना हनुअगावै यी अड्डाबाट काम हुँदै आएको र त्यतिबेलैका सुनको औँठी कमसल भएको उपप्रशासक रेग्मी बताउँछन्। उहाँका अनुसार, गुठी संस्थान स्थापना भएयता २०२१ सालदेखि नेपाल राष्ट्र बैङ्कबाटै खरिद गरिएको सुन दिने गरिएको छ।  मूल पुजारी कर्माचार्यका अनुसार, कुमारीको अहिले एकसय चानचुन औँठी छन्।

विसं १८१८ देखि कुमारी रथयात्रा सञ्चालन भएयता गणनाका हिसाबले निकै बेरुवा औँठी हुनुपर्नेमा १९ वटा कमसलसहित एकसय वटामात्र गहना यहाँ रहेको छ। कुमारी रथयात्रा चलेको २५७ वर्ष पुगे पनि औँठी भने कम पाइएको छ। -गोरखापत्र

प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५     6:52:09 AM  |

प्रतिक्रया दिनुहोस्