24 August 2019  |   शनिबार, भदौ ७, २०७६

ओली सरकारले बाँड्यो राज्य ढुकुटीबाट ५ महिनामा ६ करोड रुपैयाँ

    | प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५  

काठमाडौं । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहातयासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । उपचार खर्च लगायत नाममा रकम बाँडेको हो ।

सहायता पाउनेमा पहँुचमा र सम्पन्न पनि छन् ।अर्थ मन्त्रालयका अनुसार सरकारले हरेक महिना मन्त्रिपरिषद बैठकबाट निर्यण गराएर विभिन्न व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । मंसिरमा मात्र सरकारले एक करोड २७ लाख रुपैयाँ यसरी उपलब्ध  गराएको पाइएको छ ।

मंसिरयताको आर्थिक सहयातासम्बन्धी विवरण भने सरकारले सार्वजनिक गरेको छैन । -नागरिक पत्रिका

प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५     7:02:34 AM  |

प्रतिक्रया दिनुहोस्