20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

शान्तिपूर्ण प्रदर्शनसमेत रोक्न सक्ने विधेयक ल्याउने तयारी

    | प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५  

काठमाडौं । प्रदर्शन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधानसहित सरकारले नयाँ कानुन बनाउन लागेको छ ।

गृह मन्त्रालयले संसद् सचिवालयमा दर्ता गराएको शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रमुख जिल्ला अधिकारीले भेला (शान्तिपूर्ण प्रदर्शन र सभा) गर्नुपूर्व नै रोक लगाउन सक्ने प्रावधान छ ।

विधेयकको दफा १३ (२) मा लेखिएको छ– प्रमुख जिल्ला अधिकारीले प्रचलित मेला, जात्रा, पर्व तथा सामूहिक भेला हुने कार्यक्रममा सुरक्षा प्रवन्ध मिलाउनेछ । उपदफा ३ मा उपदफा २ बमोजिमका कार्यक्रमबाट शान्तिसुरक्षामा असर पर्ने भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्ता कार्यक्रम सञ्चालनमा रोक लगाउन सक्ने भनेको छ । कान्तिपुर दैनिक

प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५     7:10:49 AM  |

प्रतिक्रया दिनुहोस्