24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

नेविसंघको आगजनीबाट महानगरको गाडी काम नलाग्ने अबस्थामा

    | प्रकाशित मितिः शनिबार, माघ १९, २०७५  

पोखरा । नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ ।

शनिबार विहान महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा पोखरा ७ मासबारमास्थित घरेलु कार्यालय नजिक आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

नेविसंघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न देशैभरका सरकारी गाडी आफ्नो निजी जिवन र निजी स्वार्थको लागि चलाउन नपाइने भन्दै आन्दोलन गरेको थियो ।

बिदाको दिन सरकारी गाडी चलाएको भेटिएकाले जलाइएको नेवि संघ एक नेताले जानकारी दिए । गाडीमा रहेका मानिसहरुलाई भने झारिएको थियो । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा पुगेको प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रकाशित मितिः शनिबार, माघ १९, २०७५     4:49:27 PM  |

प्रतिक्रया दिनुहोस्