घोडाघोडीमा मनाइयो सीमसार दिवस, संरक्षण गर्न करोडौको रकम खर्च गरेपनि विकास जस्ताको तस्तै

इन्दु केसी (सुखड)कैलाली । कैलालीको घोडाघोडी नगरपलिकास्थित घोडाघोडीमा बिश्व सीमसार दिवस मनाइएको छ । घोडाघोडीमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सुदुरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश रावलले सीमसारको संरक्षणका लागि सबै लाग्नुपर्ने बताउनुभयो । कैलाली जिल्लाका १ सय ८७ ताललाइ संरक्षण गर्न घोडाघोडी तालले महत्वपुर्ण योगदान दिएको महसुस भएको उहाको भनाइ थियो ।

स्थानिय तहको निर्बाचन पश्चात  घोडाघोडीको बिकास गर्ने जिम्मेवारी स्थानिय तहको काधमा आएको बताउदै उहाले प्रदेश सरकारले पनि बाताबरण बिधेयक पास गरी निति ल्याएर संरक्षण गर्नेतर्फ लाग्ने  बताउनुभयो । ताल पुरीदै जानु, चराहरुको संख्यामा कमि हुनु जस्ता समस्या घोडाघोडीमा रहेकोमा अब सीमसारको संरक्षण गर्न सबै लाग्नुपर्ने उहाको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रदेस सान्सद अ्मर  बहादुर साउदले सिमसार लाई यहाका बासिन्दाको आय आर्जन संग जोडेर संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाले जनताको जन जिबिका संग् कसरी सिमसारलाइ जोड्न सकिन्छ भन्ने बारे पनि घोडाघोडी नगरपािलकाले घोडाघोडी विकासका लागि बनाउन लागेको गुरु योजना मा राख्नु पर्ने सुझाब दिनु भयो ।

घोडाघोडिलाइ संरक्षण  गर्न करौडौ रकम खर्च गरेपनी बिकास भने जस्ताको तस्तै रहेको उहाको भनाइ थियो ।  घोडाघोडीको बिकासका लागि प्रदेस सरकारले पनि पहल थालिरहेको उहाले बताउनुभयो ।

प्रतिक्रया दिनुहोस्