पेट्रोलियम पदार्थको मूल्य २–२ रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ वृद्धि भएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरशेनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो ।

प्रतिक्रया दिनुहोस्