26 January 2020  |   आइतवार, माघ १२, २०७६

अवैध रुपमा इराक र दुबई लैजान लागिएका सय बढि नेपाली महिला भारतको मणिपुरबाट उद्दार

    | प्रकाशित मितिः शनिबार, माघ १९, २०७५  

काठमाडौं । अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १ सय भन्दा बढी नेपाली महिलाको भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट उद्दार गरिएको छ ।

म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको अवस्थामा उनीहरुलाई इम्पल्स एनजीओ नेटवर्क नामक संस्थाको सहयोगमा मणिपुर पुलिसले म्यानमारको सीमा क्षेत्रबाट उद्दार गरेको हो । नेपाली महिलाहरुलाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना भने माइती नेपालले दिएको थियो ।

त्यसआधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । त्यसपक्रमा विभिन्न ठाउँबाट १०० बढी नेपालीलाई उद्दार गरिइएको माइती नेपालले पुष्टि गरेको छ ।

उनीहरुलाई छिट्टै नेपाल ल्याउने तयारी भैरहेको बताइएको छ । -नेपाल समाचारपत्र

प्रकाशित मितिः शनिबार, माघ १९, २०७५     9:32:22 PM  |

प्रतिक्रया दिनुहोस्