25 January 2020  |   शनिबार, माघ ११, २०७६

विद्युतका उप–प्रबन्धक चौधरीमाथि २ करोड बढी भ्रष्टाचार मुद्दा दायर

    | प्रकाशित मितिः शनिबार, माघ १९, २०७५  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप–प्रबन्धक विजयकुमार चौधरीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

चौधरीले पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरी उनीविरुद्ध भ्रष्टाचार गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।चौधरीलाई २ करोड १४ लाख ५८ हजार ८ सय ३४ रुपैयाँ बराबर विगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५, दफा १६ ग र दफा २९ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय र भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति जफत गर्न आयोगले दाबी समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मितिः शनिबार, माघ १९, २०७५     9:35:42 PM  |

प्रतिक्रया दिनुहोस्