गुण्डा नाइके राजु गोर्खाली काठमाडौमा समातिए

काठमाडौ । व्यवसायी धम्काएको उजुरीपछि गुण्डा नाइके राजु भन्ने राजेन्द्र गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ । गोर्खाली काठमाडौँको बानेश्वरबाट पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले गोर्खालीलाई आइतबार दिउँसो काठमाडौँको नयाँ बानेश्वर चोकबाट पक्राउ गरेको जनाएको छ । महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो ।

सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो ।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको थियो । सो समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरुसँग चर्को रकम असुल्दै आएको थियो ।

गुण्डागर्दी शैलीमा मलका व्यापारीलाई आतंकित पार्दै जबर्जस्ती रकम असुली गरेको जाहेरी परेकोले गोर्खालीलाई पक्राउ गरी हिरासतमा लिइएको महाशाखाका एसपी राठौर जानकारी दिए ।

 

 

प्रतिक्रया दिनुहोस्