संवैधानिक राजतन्त्रसहित हिन्दु राष्ट्रको पुनर्स्थापना बिना मुलुकले निकास पाउदैन- कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र पुनःस्थापनाको विकल्प नभएको दावी गरेका छ्न ।

आइतबार राजधानीमा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैंककलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकलाई निकास दिनका लागि राजतन्त्रसहितको हिन्दु राष्ट्रको पुनःस्थापन एक मात्र विकल्प हो,भन्नुभयो ।

बर्तमान शासन व्यवस्थाले मुलुकमा दुर्घटना निम्त्याएको बताउदै अध्यक्ष थापाले अपरिपक्व र असन्तुलित परराष्ट्र नीति लिएको भन्दै सरकारको आलोचना गरे ।  मुलुकलाई एकताबद्ध बनाई राख्न हिन्दु धर्म र संवैधानिक राजसंस्था पुनर्स्थापना आजको आवस्यकता रहेको उनले बताए । उनले भने, लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको छ, सरकारबाटै नै लुटतन्त्रकाे संरक्षण भएपछि देशमा भ्रष्टहरुको बिगबिगी बढेको हो ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले सरकारको अपरिपक्व परराष्ट्र नीतिले मुलुक बाह्य शक्तिको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुने खतरा औंल्याए । उनले भेनेजुयलाको घटनाक्रम बारे नेपालको वक्तव्यले सरकारकाे परराष्ट्र नीति असन्तुलित र अपरिपक्व भएको पुष्टि भएको दाबी गरे ।

दुई दिनसम्म चल्ने पार्टी केन्द्रीय कार्य समितिको बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको भावी कार्य दिशा तय गर्नेछ ।

प्रतिक्रया दिनुहोस्