22 January 2020  |   बुधबार, माघ ८, २०७६

सगरमाथाको नयाँ उचाइको निर्क्याेल अब एक वर्षपछिमात्रै हुने

    | प्रकाशित मितिः सोमवार, माघ २१, २०७५  

काठमाडौं । सगरमाथाको नयाँ उचाइको निर्क्याेल अब एक वर्षपछिमात्रै हुने भएको छ । भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ । 

नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ ।विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथाको उचाइ मापन कार्य सुरु गरिएको थियो । -राजधानी दैनिक

प्रकाशित मितिः सोमवार, माघ २१, २०७५     7:02:22 AM  |

प्रतिक्रया दिनुहोस्