24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

अब रेमिट्यान्स मार्फत दैनिक ६० हजारभन्दा बढी कारोबार गर्न नपाइने

    | प्रकाशित मितिः सोमवार, माघ २१, २०७५  

काठमाडौं । सरकारले अब देशभित्र हुने आन्तरिक  विप्रेषण (रेमिटेन्स ) को कारोबारमा थप कडाइ गरेको छ । यो नियम संगै अब दैनिक ६० हजार भन्दा बढी नगद कारोबार गर्न नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले देशभित्र हुने नगद कारोबारलाई थप कडाइ गर्दौ यो नियम लागू गरेको हो । राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै दिनमा ६० हजार रुपैयाँसम्ममात्र कारोबार गर्न सकिने व्यवस्था गरेको छ ।

यसअघि रेमिट्यान्स कम्पनीका एजेन्ट तथा सब एजेन्टले सिस्टम प्रयोग गरी स्वदेशमा  प्रतिव्यक्ति, प्रतिकारोबार, प्रति दिन अघिकतम १ लाख रुपैयाँसम्म पठाउन सकिने प्रावधान रहेको थियो ।

अर्थ मन्त्रालयले राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठ नेतृत्वमा बनाएको मुद्रा बजार र पुँजी बजारका समस्या समाधान गर्न गठित समितिले पनि नगद कारोबार गर्न निरुत्साहित गर्नुपर्ने सुझाव अनुसार एकीकृत निर्देशनलाई संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यो नियम लागुभएपछि रेमिटेन्सबाट ठूलो कारोबार गर्नेलाई थप जटिलता हुने देखिएको छ । ६० हजार भन्दा बढी रकम कारोबार गर्नुपरे वा एक व्यक्तिले अर्कोलाई पठाउनु परे अब बैंक धाउनुपर्ने छ ।

प्रकाशित मितिः सोमवार, माघ २१, २०७५     5:17:47 PM  |

प्रतिक्रया दिनुहोस्