बालिका बलात्कारको अभियोगमा पक्राउ

रुकुम (पूर्व) । बालिका बलात्कारको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमले सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाको शारीरिक अवस्था हेर्दा बलात्कार भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।

 

प्रतिक्रया दिनुहोस्