15 August 2019  |   बिहिबार, साउन ३०, २०७६

आठ जना हुण्डीवाला विरुद्ध ४ अर्ब १६ करोड बिगो दावी गर्दै अदालतमा मुद्दा दायर

    | प्रकाशित मितिः सोमवार, माघ २१, २०७५  

काठमाडौं । विदेशी विनिमय अपचलन (हुण्डी) मा सर्वाधिक बिगो दावी गरी साेमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले आठ जना विरुद्ध ४ अर्ब १६ करोड बिगो दावी गर्दै अदालतमा मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयका प्रमुख राजन बिसीले बताए ।

मुद्दा दायर भएका प्रतिवादीमा रामेश्वर शाह ‘पुर्वे’, उनकी श्रीमति मिनादेवी शाह र काम गर्ने विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पु कुमार दास छन् । आरोपितविरुद्ध जनही बिगोको तीन गुणा जरिवाना र ३ वर्ष कैद मागदाबी गरिएको छ । दासको हकमा भने नाबालक (१५ वर्षीय) भएकाले आधा सजाय दावी गरिएको छ ।

राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयले उक्त मुद्दा दायर गरेको हो । गत २२ पुसमा प्रहरीले पुर्वेको घरमा छापा मारी ८३ लाख ६९ हजार रुपैयाँ र ५ सय दरका ६ हजार ५ सय भारतीय रुपैयाँ (भारु) बरामद गरेको थियो । विदेशी विनिमय नियमित गर्ने ऐन अन्तर्गत उनीहरूविरुद्ध मुद्दा दायर भएको हो । -नयाँ पत्रिका डट कम 

प्रकाशित मितिः सोमवार, माघ २१, २०७५     6:31:24 PM  |

प्रतिक्रया दिनुहोस्