19 February 2019  |   मङ्लबार, फाल्गुन ७, २०७५

धुर्मुस सुन्तलीसहितको टोलि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी सहयोग रकम जुटाउन मलेसियामा

    | प्रकाशित मितिः सोमवार, माघ २१, २०७५  

काठमाडौं। धुर्मुस सुन्तली अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी सहयोग रकम उठाउन मलेसिया गएका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिसकेका छन् ।

उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि रहेका छन । सहयोग रकम संकलनका निम्ति मलेसियामा धुर्मुस सुन्तली साँझको आयोजना गरिएको छ ।

यो कार्यक्रम मलेसियाका विभिन्न शहरहरुमा आयोजना गर्ने तयारी रहेको धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुखसमेत रहेका सिताराम कट्टेलले बताए ।

धुर्मुसले आफूहरुले रंगशालाको औपचारिक घोषणा गरेकै समयमा नेपाली क्रिकेट टिमले यूएईलाई हराउँदै ऐतिहासिक जित निकालेकाले अफ्नो हौसला अझ बढेको बताएका छन ।

 

 

प्रकाशित मितिः सोमवार, माघ २१, २०७५     6:50:53 PM  |

प्रतिक्रया दिनुहोस्