19 February 2019  |   मङ्लबार, फाल्गुन ७, २०७५

भारतको गान्धी बिमानस्थलबाट तीनजना नेपाली महिला गिरफ्तार

    | प्रकाशित मितिः मङ्लबार, माघ २२, २०७५  

काठमाडौं । भारतको राजीव गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलबाट तीनजना नेपाली महिलालाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । उनीहरु पर्यटक भीसामा काम गर्नकालागि दुबई जान खोजेको प्रहरीले बताइएको छ  ।

पक्राउ परेका महिलाहरुमा टीका कुमारी कडेल, निरमाया स्याङतान र बबिता दर्जी भएको भारतीय प्रहरीले जनाएको छ । ती नेपाली महिलाले नेपाली दूतावासले दिएको नो अब्जेक्सन लेटर (एनओसी) बुझाएको भएपनि त्यो नक्कली भएको भारतीय प्रहरीले जनाएको छ । शम्साबादको प्रहरीका डेपुटी कमिस्नर प्रकाश रेड्डीले जनाए अनुसार उनीहरुको नेपाली पासपोर्टमा युएईको पर्यटक भीसाको स्ट्याम्प लगाइएको छ ।

उनीहरु शुरुमा नयाँ दिल्लीको बिमानस्थलबाट दुबई जान लागेकोमा एजेन्टले त्यहाँ चेकिङमा कडाई हुने भएकोले हैदरावाद रुटबाट जान सल्लाह दिएअनुसार त्यहाँ गएको भारतीय प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, माघ २२, २०७५     5:55:03 AM  |

प्रतिक्रया दिनुहोस्