पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा हानी भएको ठहरसहित अख्तियारले मुदा दायर गरेको हो ।

तत्कालिन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता लगायतको उपस्थितिमा २० भदौ २०६९ मो रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षको लागि फनपार्क मेला सञ्चालन गर्न दिने निर्णय भएको थियो ।

इच्छुमति तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार ५७१ रुपैयाँ ४२ पैसामा भाडामा दिएको भएपनि फनपार्कको जग्गालाई वदनियतपूर्वक प्रतिरोपनी ९ हजार २५० रपैयाँमा भाडामा दिएको पाइएको छ । जसबाट समाज कल्याण परिषद्लाई ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा नोक्सानी भएको अख्तियारको दाबी छ ।

प्रतिक्रया दिनुहोस्