|
प्रकाशित मितिः मङ्लबार, माघ २२, २०७५
काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा फरार रहेका हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका खड्कालाई गत साता दुबई प्रहरीले पक्राउ गरेको हो । खड्का लामो समयदेखि दुबई बस्दै आएका छन् ।
यसअघि सोही मुद्दामा दुबईबाट पक्राउ गरी प्रहरीले बेनु श्रेष्ठलाई नेपाल ल्याएको थियो । गिरोहका नाइकेमध्ये एक चुणामणि उप्रेती ‘गोरे’का भाई पनि दुबईमा पक्राउ परेकोमा ल्याउने प्रक्रिया अघि बढाइएको छ । खड्का पनि गोरेका प्रमुख साझेदार हुन् ।